नेपाललाई स्कटल्यान्डको दुई सय १३ रनको लक्ष्य
काठमाडाैं | फागुन ९, २०७९
काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा जितका लागि स्कटल्यान्डले नेपालाई दुई सय १३ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १२ रन बनायो । स्कटल्यान्डका लागि जर्ज मुन्शेले ६० रन बनाउनुभयो ।
आज जन्मदिन परेका जर्जले ४६ बलमा सात चौका र दुई छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । यस्तै म्याथ्यु क्रसले ४२, ब्राण्डन म्याकमुलनले ३१, क्रिस्टोफर म्याकब्रिड र कायल कोट्जरले समान २२/२२ रन बनाउनुभयो ।
बलिङमा नेपालका सन्दीप लामिछानेले चार विकेट लिनुभयो । सन्दीपले १० ओभरमा ४५ रन खर्चिएर चार विकेट लिनुभएको हो । करण केसीले तीन तथा कुशल मल्ल र ललित नारायण राजवंशीले एक एक विकेट लिनुभयो ।
यस खेलसँगै करणले एकदिवसीयमा ५० विकेट पूरा गर्नुभएको छ । नेपालका लागि यसअघि सन्दीप र सोमपाल कामीले पनि एकदिवसीयमा ५० विकेट पूरा गर्नुभएको छ ।
अघिल्ला तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा आज पनि जित निकाल्ने लक्ष्यमा छ । अघिल्लो खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो ।
लिग–२ च्याम्पियन बनिसकेको स्कटल्यान्ड पनि आज जित किनाल्दै सिरिजको सुखद अन्त्य गर्ने लक्ष्यमा छ । ३५ खेलमा ५० अंक बनाएको स्कटल्यान्ड शीर्षस्थानमा छ । २७ खेलमा २४ अंक बनाएको नेपाल छैटौं स्थानमा छ ।
नेपाललाई विश्वकपमा स्थान बनाउन अबका सबै खेल जित्नु पर्ने बाध्यता छ । सात टोली सहभागी लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोलीले एकदिवसीय विश्वकपमा स्थान बनाउनेछ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

